हमासले सोमबार हस्तान्तरण गरेको विपिन जोशीको शव पहिचान भइसकेको र नेपाल पठाउने प्रकिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हमासले विपिन जोशीको शव हिजो सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात् शव पहिचान भइसकेको बेहोरा इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेको सन्दर्भमा नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ।’
विपिनको शव नेपाल ल्याइसकेपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र पीडित परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राखिने मन्त्रालयले जनाएको छ।