गृहपृष्ठ Featured कपिलवस्तुबाट नेकपाको निष्कर्ष : कार्की सरकार विदेशीको कठपुतली

कपिलवस्तुबाट नेकपाको निष्कर्ष : कार्की सरकार विदेशीको कठपुतली

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुशीला कार्कीको अन्तरिम सरकारलाई विदेशीले बनाइदिएको कठपुतली सरकार भएको निष्कर्ष निकालेको छ ।

असोज २५–३० सम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले कार्की सरकार कठपुतलीको आरोप लगाएको हो ।

भदौ २३ र २४ गते विध्वंस हुनुमा आन्तरिक र बाहिरी दुई मुख्य कारण भएको पार्टीले विश्लेषण गरेको छ । महासचिव नेक्रविक्रम चन्द विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेद पेस गरेका गरेका थिए । सरकारप्रतिको धारणा, जनसंघर्षका कार्यक्रम, राष्ट्रियता, नयाँ कम्युनिस्ट केन्द्रको गठन, पछिल्लो राजनीतिक परिस्थितिबारे विप्लवले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

‘भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनभन्दा पहिले गरिरहेका शक्तिहरूलाई बाइपास गरी बनेको निर्दलीय सरकार हो । विदेशी कठपुतली सरकार हो । बाहिरी कारण अन्तर्राष्ट्रिय शक्ति संघर्षको बाछिटा छ । विभिन्न शक्ति केन्द्रहरूले आफू अनुकुलले कब्जा जमाउन खोजेका छन् । पश्चिमाहरूको आशीर्वादमा बनेको सरकार हो । आन्तरिक रुपमा सरकारमा रहेका दलहरूको विकृति, विसंगती, भ्रष्टाचार, अलोकतान्त्रिक चरित्र आन्तरिक कारण हो’,बैठकले गरेको निर्णय सुनाउँदै विरहीले भने ।

बैठकले असफल सिद्ध भएको संसदलाई ब्युँताए अर्को विद्रोह निम्तने भएकाले राजनीतिक दलको नेतृत्वमा देशभक्त, वामपन्थी र प्रगतिशिलहरू सहभागी हुनेगरी सर्वपक्षीय सरकार गर्नुपर्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार