गृहपृष्ठ Featured कपिलवस्तुमा २०४६ सालअघिका नागरिकताको डिजिटल रूपान्तरण सुरु

कपिलवस्तुमा २०४६ सालअघिका नागरिकताको डिजिटल रूपान्तरण सुरु

कपिलवस्तुमा २०४६ सालअघिका नागरिकता अभिलेखहरू डिजिटल रूपान्तरण गर्न थालिएको छ । हातले लेखिएका, धमिलो भएका र मसी उडेका अभिलेखहरूलाई मोबाइल एपमार्फत स्क्यान गरी स्थायी रूपमा सुरक्षित राख्न डिजिटल अभिलेखिकरण सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले क्याम–स्क्यानर मोबाइल एप्स प्रयोग गरी तीन महिनामा ५० हजारभन्दा बढी नागरिकता अभिलेख डिजिटल रूपान्तरण गरिसकेको जनाएको छ । ‘दशकौंअघिका नागरिकता रेकर्डहरू धमिलो र क्षतिग्रस्त अवस्थामा थिए, कतिपय त पढ्नै गाह्रो भइसकेका थिए,’ प्रमुख जिल्ला प्रमुख अधिकारी दिलकुमार तामाङले भने, ‘अब ती सबै अभिलेखहरू सुरक्षित डिजिटल फाइलमा रूपान्तरण भएपछि हराउने, बिग्रने जोखिम हुँदैन ।’

तामाङका अनुसार ०४६ सालपछि बनाएका अभिलेखहरू नेपाली कागजमा भएकाले अझै सुरक्षित छन् । तर त्यसअघिका अभिलेखहरू अत्यन्तै जीर्ण अवस्थामा रहेकाले तत्काल डिजिटल प्रणालीमा रूपान्तरण गर्नु आवश्यक देखिएको बताएका छन् ।

सम्बन्धित् समाचार