गृहपृष्ठ Featured बाणगंगा सवारी दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

बाणगंगा सवारी दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ घेरुवा बनगाईमा आज सोमबार भएको सवारी दुर्घटना ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुलेको छ । मृतक स्कुटर चालक कपिलवस्तु नगरपालिका वडा नं.१० का २५ बर्षीय अनुश योगी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक योगी लु ६१ प ३१०६ नम्बरको स्कुटरमा पश्चितबाट पूर्वतर्फ आउँदै थिए । सोही क्रममा दुर्घटनामा पर्दा गम्भिर घाईते भएका उनलाई प्रहरीले कपिलवस्तु सामुदायिक अस्पतालमा थप उपचारका लागि लगिएको तर डाक्टरले मृत घोषणा गरेको जनाईएको छ ।

अहिले उनको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ ।

प्रहरीले ईभी हाईस र विंगर सहित सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसान्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित् समाचार