गृहपृष्ठ Featured यमनको हुथी विद्रोहीले नियन्त्रणमा लिइएका राष्ट्रसङ्घको सहायता कर्मचारी रिहा

यमनको हुथी विद्रोहीले नियन्त्रणमा लिइएका राष्ट्रसङ्घको सहायता कर्मचारी रिहा

यमनको हुथी विद्रोहीले आफ्नो साना कम्पाउण्डमा छापा मारेर पक्राउ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीहरू स्वतन्त्र भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यमनमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिवार हुथी सुरक्षा फौजले शहरको परिसरमा ‘अनधिकृत प्रवेश’ गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय (यूनिसेफ)का यमनका प्रतिनिधि पिटर हकिन्ससहित बीस जना कर्मचारीलाई दुई दिन पहिले नियन्त्रणमा लिइएको थियो । इरान समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रमा पछिल्ला महिनाहरूमा संयुक्त राष्ट्रसङ्घका दर्जनौं कर्मचारीहरू हुथीको कब्जामा परेका छन् ।

सेप्टेम्बरको मध्यमा, यमनमा संयुक्त राष्ट्र सङ्घको मानवीय समन्वयकलाई आधिकारिक रूपमा हुथी विद्रोहीहरूको कब्जामा रहेको राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी एडेनमा स्थानान्तरण गरिएको थियो । दस वर्षको गृहयुद्धका कारण अरब प्रायद्वीपको सबैभन्दा गरिब देश यमन विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सम्बन्धित् समाचार