गृहपृष्ठ Featured दाङमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

दाङमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

दाङ- राप्ती गाउँपालिका–२ लालमटियास्थित कालिकाचोकमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले गएराती सचिन शाहको घरमा छापा मारेको थियो । सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका अनुसार बताइएको छ ।

प्रहरीले जुवाको खालबाट विभिन्न दरका नेपाली रुपैयाँ एक लाख ४९ हजार सात सय ९५ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका–२ लालमटियाका नरेश बुढा, बसन्त कडेल, चेत प्रसाद बुढा, अमृत ज्ञवाली, समुन्द्र बहादुर थापा, जागृत भुसाल, केशव पुन मगर, सञ्जु कुमाल, भोजराज रेग्मी, दिपक पुन मगर, केशव बिक, भानु राना, बिनोद पुन र रोल्पा सुनिल स्मृति गाउँपालिका–४ का पुरन कामी रहेका छन् ।

प्रहरीले पक्राउ परेका सबैजनामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित् समाचार