काठमाडौं ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले च्याम्पियनस लिगमा जर्मन क्लब बेयर लेभरकुजेनविरुद्ध ७–२ को जित निकालेको छ ।
बुधबार पाहुना टोली पीएसजीलाई जर्मनको एरिनामा जित दिलाउन डिसायर डुएले दुई गोल गरे । नुनो मेन्डेज, ओसमान डेम्बेले, भिटिन्हा, ख्विचा क्वारत्स्खेलिया र विलियन पाचोले समान एक गोल गरे ।
जवाफमा लेभरकुजेनका एलेक्स गार्सियाले दुई गोल फर्काए । खेलको सातौँ मिनेटमा पाचोले पीएसजीलाई अग्रता दिलाए । तर, पाचोले दिलाएको यो अग्रता पीएसजीले पहिलो हाफ मै गुमायो ।
३८औँ मिनेटमा लेभरकुजेनले टोलीका गार्सियाको गोलमा बराबरी गरेको थियो । ४१औँ मिनेटमा पीएसजीका डुएले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे ।
४४औँ मिनेटमा क्वारत्स्खेलियाले गोल गरेपछि पीएसजीले ३–० को अग्रता कायम गर्यो । पहिलो हाफको इन्जुरी टाइममा टोलीको निम्ति दुई गोल गरे । ५०औँ मिनेटमा पीएसजीका मेन्डेजले अग्रतामा एक गोल थपे ।
५४औँ मिनेटमा लेभरकुजेनका गार्सियाले दुई गोल गर्दै टोलीलाई २–५ को स्थितिमा फर्काए ।
यसपछि ६६औँ र ९०औँ मिनेटमा पीएसजीका क्रमशः डेम्बेले र भिटिन्हाले गोल गरेपछि पीएसजीले ७–२ को जित पक्का गरेको हो ।
जितसँगै पीएसजीले तालिकामा ९ अंक जोडेको छ । पीएसजीको यो लगातार तेस्रो जित हो । पराजित लेभरकुजेन भने २ अंकका साथ सातौँ स्थानमा छ ।