काठमाडौं ।
इंग्लिस क्लब आर्सनलले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध ४–० को फराकिलो जित निकालेको छ ।
बुधबार आर्सनललाई घरेलु मैदान इमिरेट्स रंगशालामा जित दिलाउन टोलीका भिक्टोर ग्योकेरेसले दुई गोल गरे । ग्याब्रियल मार्टिनेली र ग्याब्रियल म्यागाल्हेसले समान एक गेल गरे ।
आर्सनले चारवटै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५७औँ मिनेटमा म्यागाल्हेसले अग्रता दिलाए । ६४औँ मिनेटमा मार्टिनेलीले अग्रतालाई दोब्बर बनाए । यसको तीन मिनेटपछि ६७औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै अग्रतालाई ३–० को स्थितिमा पुर्याए ।
७०औँ मिनेटमा उनै ग्योकेरेसले दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । आर्सनलको यो लगातार तेस्रो जित हो । यो जितसँगै पीएसजीले नौ अंक जोडेको छ । पराजित एट्लेटिको भने १८औँ स्थानमा सीमित छ ।