गृहपृष्ठ Featured पाथीभरामा भक्तजनको कीर्तिमानी भीड

पाथीभरामा भक्तजनको कीर्तिमानी भीड

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर दर्शनका लागि अहिले मुख्य सिजन चलिरहेको छ।

असोज महिना र कात्तिकको दोस्रो सातासम्मको अवधि पाथीभरा दर्शनका लागि सबैभन्दा उत्तम समय मानिन्छ, जसका कारण अहिले मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

यस वर्षको कीर्तिमानी भक्तजनको संख्या गत शनिवार, कात्तिक ८ गते दर्ता भएको छ। उक्त दिन ६ हजारभन्दा बढी भक्तजनले माता पाथीभराको दर्शन गरेको मन्दिर समितिले जानकारी दिएको छ।

यो संख्या यस वर्षकै सबैभन्दा बढी हो। यसपछि चिसो बढ्ने भएकाले चिसोमा यात्रा गर्न अभ्यस्त भक्तजनहरूको मात्र आवतजावत हुने अनुमान छ।

सम्बन्धित् समाचार