गृहपृष्ठ Featured अब लुम्बिनी लायन्सको घरेलु मैदान एक्स्ट्राटेक ओभल

अब लुम्बिनी लायन्सको घरेलु मैदान एक्स्ट्राटेक ओभल

रूपन्देहीको तिलोत्तमामा अवस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान लुम्बिनी लायन्सको घरेलु मैदान हुने भएको छ । नेपाल प्रिमियर लिग क्रिकेटको तयारीका क्रममा लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलसँग एक दीर्घकालीन साझेदारी गर्ने गरी सम्झौता भएको दुवै पक्षले जनाएका छन् ।

 

सम्झौतापत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट विनोद कुँवर र र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष इश्वर जिसीले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरे । घिमिरेले एक्स्ट्राटेक ओभल अब मैदान मात्र नभई लुम्बिनीको पहिचान बन्ने जनाए ।

एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन एकसाथ अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो साझेदारी हाम्रो साझा प्रतिबद्धता हो, भैरहवामा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा पुर्‍याउन । हामी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन एकसाथ अघि बढ्दै छौं ।’

यो सम्झौता पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित रहेको लायन्सले जनाएको छ । यस साझेदारीअन्तर्गत लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरूका लागि प्रयोग गर्न पाउनेछ, साथै एनपीएल र अन्य क्रिकेट प्रतियोगिताहरूका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गर्नेछ ।

यस सम्झौताअनुसार मैदानमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउस सुविधा उपलब्ध हुनेछ, जसले क्लबलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारी वातावरण प्रदान गर्ने लायन्सले जनाएको छ ।

सम्बन्धित् समाचार