गृहपृष्ठ Featured कपिलवस्तुका सिडिओ तामाङको बाके सरुवा, जनार्दन गौतम आउदै

कपिलवस्तुका सिडिओ तामाङको बाके सरुवा, जनार्दन गौतम आउदै

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङको सरुवा भएको छ ।

गृह मन्त्रालयले आइतबार एकैपटक ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

तामाङको सरुवा बाके जिल्लामा गरिएको छ भने डडेलधुरामा कार्यरत प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई कपिलवस्तु पठाइएको छ ।

 

सिडिओ तामाङ कपिलवस्तुमा रहँदा सुशासन प्रवर्धन, सिमासम्बन्धी समस्या समाधान र अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको सरोकारवालाहरूको भनाइ छ ।

उनले आफ्नो कार्यकालमा जिल्लामा कानूनी शासन र प्रशासनिक चुस्ती फुर्ती कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैबीच, कपिलवस्तुमा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जनार्दन गौतमले छिट्टै जिम्मेवारी सम्हाल्ने गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार