गृहपृष्ठ Featured गृहमन्त्री अर्यालसहित तीन मन्त्री जनकपुरधाममा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री जनकपुरधाममा

आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर पुगेका छन्।

दुई दिनका लागि यहाँ आएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन्।

उनीहरूले जनकपुरधामको विभिन्न छठ घाटहरूको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरूसँग सुरक्षा आवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भोलि मंगलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

-रासस

सम्बन्धित् समाचार