गृहपृष्ठ Featured इजिप्टमा निर्मित विश्वकै ठूलो सङ्ग्राहलयको आज उद्घाटन हुँदै

इजिप्टमा निर्मित विश्वकै ठूलो सङ्ग्राहलयको आज उद्घाटन हुँदै

इजिप्टको गिजामा निर्मित विश्वकै सबैभन्दा ठूलो सङ्ग्राहलय ग्रान्ड इजिप्शन म्यूजियम आज खुल्ने भएको छ । संसारका सात आश्चर्यमध्ये एक रहेको इजिप्टको विशाल पिरामिड नजिकै निर्मित संग्राहलय फ्रान्सको लूभ्र सङ्ग्रहालयभन्दा दुई गुना ठूलो ठाउँमा फैलिएको छ ।

झन्डै एक सय २० एकर अर्थात् पाँच सय वर्गमिटर क्षेत्रमा फैलिएको यो सङ्ग्रहालयमा झन्डै एक लाख वटा विभिन्न कलावस्तु रहने बीबीसीले जनाएको छ । जहाँ किशोर सम्राट टूटन्कामनको सुनौलो मुखुण्डोसहित उहाँको समाधिस्थलमा फेला परेका तर यसअघि नदेखिएका वस्तुहरू पनि हुने छन् ।

सङ्ग्रहालयमा चार हजार छ सय वर्ष पुरानो राजा खुफुको सौर्य डुङ्गा हुने छ । जुन संसारको सबभन्दा प्राचीन र राम्ररी संरक्षित पानीजहाजमा पर्छ । यस्तै सङ्ग्राहलयमा तीन हजार दुई सय वर्ष पूरानो रामसीस महान्को विशाल मूर्ति पनि हुनेछ ।

सङ्ग्राहलयमा सात हजार वर्षसम्म पुराना वस्तुहरू अवलोकन गर्न पाइने छ । सन् २००२ मा घोषणा गरेको र सन् २०१२ मा खुल्ने भनिएको सङ्ग्रहालयको निर्माण लागत, राजनीतिक अस्थिरता, कोभिड महामारी तथा क्षेत्रीय तनावजस्ता कारणले ढिला भएको थियो । लामो प्रतिक्षापछि आज खुल्न लागेको हो ।

एक अर्ब २० करोड अमेरिकी डलर लागत रहेको यो परियोजनामा लागतको ठूलो हिस्सा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले ऋणका रूपमा उपलब्य गराएको छ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मद्बुलीले यो संग्राहलय संसारलाई इजिप्टको उपहार भन्दै यसबाट इजिप्शन संस्कृतिको प्रमुखता तथा प्रभाव देखाउने छ ।

अर्थतन्त्रलाई उकास्ने विस्वास रहेको बताउनुभएको छ । इजिप्ट सरकारले सङ्ग्राहलयको उद्घाटनका दिन शनिवार सार्वजनिक विदा दिएको छ । बीबीसीले आफ्नो लेखमा ग्रान्ड इजिप्शन म्यूजियमको उद्घाटन इतिहास संरक्षणसँग मात्र नभई खोजको केन्द्रका रूपमा इजिप्टको भविष्यसँग पनि जोडिएको भन्दै पुरातत्वमा नयाँ युग शुरु भएको उल्लेख गरेको छ

सम्बन्धित् समाचार