गृहपृष्ठ Featured नेपाल अमेरिकासँग फेरि पराजित

नेपाल अमेरिकासँग फेरि पराजित

नेपाल अमेरिकासँग फेरि पराजित भएको छ। युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग-२ सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग  ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको २७२ रनक लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो।

अमेरिकाका लागि साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्का हाने। त्यस्तै मिलिन्ड कुमारले ६६ बलमा ७ चौका र १ छक्का हाने।

त्यस्तै ओपनर सायन जहांगिरले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।

समित पटेलले १६, मोनांक पटेलले २१, शुभम रञ्जनेले १९ रनको योगदान गरे। सञ्जय कृष्णमुर्ति १५ र हर्मित सिंह १३ रन जोडेर नट आउट रहे।

बलिङतर्फ सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुल्सन झाले एक/एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले खेलको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै करण केसीले ३२ बलमा २ चौका र ३ छक्का हानेर ४९ रन जोडे।

ओपनर कुशल भूर्तेलले ६५ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए।

त्यस्तै भीम सार्कीले ५८ बल खेलेर ४ चौकाको मद्धतले ४३ रनको योगदान गरे।

कप्तान रोहित पौडेलले ४६ बलमा २ चौका हानेर ३६ रन जोडे।

बलिङतर्फ अमेरिकाका हर्मित सिंहले ३, शौरभ नेत्रभल्कर र नोस्तुस केन्जिगेले २/२ तथा जसदीप सिंह र शुभम रन्जनेले एक/एक विकेट लिए।

युएईमा जारी सिरिजमा नेपालले अहिलेसम्म तीन खेल खेलेकोमा तीनै खेलमा पराजय ब्यहोरेको छ।

अब नेपालले नोभेम्बर ५ मा युएईसँग खेलेपछि स्वदेश फर्कनेछन्।

सम्बन्धित् समाचार