रूपन्देही ।
गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको र आमालाई गम्भीर चोट लागेको छ ।
प्रहरीका अनुसार म्यालका २३ वर्षीय भोटबहादुर विकले आफ्नै बुवा करिब ५० वर्षीय धनबहादुर बिक र आमा करिब ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रो प्रहार गरेका हुन् ।
सो क्रममा बुवा धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जनाएका छन् ।
घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।
प्रहरीले आरोपी छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ती युवकको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घाइते आमाको अवस्था गम्भीर रहेको छ ।








