गृहपृष्ठ Featured दाङमा विद्युत कटौतीविरुद्ध मजदुरहरूले गरे प्रदर्शन

दाङमा विद्युत कटौतीविरुद्ध मजदुरहरूले गरे प्रदर्शन

१६ कात्तिक, दाङ।

घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् ।

‘रोजी रोटी खोस्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विद्युत् प्राधिकरण कार्यालय अगाडि नाराबाजी गरे । उनीहरुले ‘श्रम गरी खान दे’ लगायतका नारा लगाए ।

बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटिदिएको थियो । बिजुलीको लाइन काटिदिएपछि रोजीरोटी संकटमा परेको मजदुरहरुको भनाइ छ ।

बक्यौताको प्रमाण दिन उद्योगीहरुले माग गर्दै आएका छन् । प्राधिकरणले प्रमाण नदिएसम्म रकम नतिर्ने उनीहरुको अडान छ ।

सम्बन्धित् समाचार