गृहपृष्ठ Featured बढ्यो सिमेन्टको मूल्य

बढ्यो सिमेन्टको मूल्य

सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका छन्। वर्षात् सिजन सकिएसँगै निर्माणको सिजन सुरु हुन लागेसँगै सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका हुन्।

आजदेखि लागू हुने गरी एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगले मूल्य बढाएका हुन्। एक व्यवसायीले फ्याक्ट्री मूल्यमा ओपीसी र पीपीसी सिमेन्ट प्रति बोरा २० रुपैयाँ मूल्य बढेको जानकारी दिए।

शिवम् सिमेन्ट, मकवानपुर सिमेन्ट, यूनाइटेड सिमेन्ट, होङ्सी सिमेन्ट र सीजीले आजबाट मूल्य बढाएका छन्। अन्य सिमेन्टहरू  रिद्धि सिद्धि सिमेन्ट, ह्वासिन सिमेन्ट, तानसेन सिमेन्ट, सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, गोयन्का सिमेन्ट, अम्बे सिमेन्ट प्रति बोरा २० रुपैयाँ बढाउने तयारीमा छन्।

बाँकी सिमेन्ट उद्योगले पनि केही दिनभित्रमा मूल्य बढाउने तयारी गरेको ती व्यवसायीले बताए।

सिमेन्टको नयाँ मूल्य सूची

सम्बन्धित् समाचार