गृहपृष्ठ Featured ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले निर्वाचन गर्ने बताएपनि निर्वाचनको वातावरणका लागि जेनजी प्रदर्शनमा लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दीलाई पक्राउ  र सङ्घीय सरकारका मन्त्रीहरूको बोली सन्तुलित हुनुपर्ने बताए ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलको क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले हालै सरकारले जारी गरेको सुशासन सम्बन्धी परिपत्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा सभामुखको स्वकीय राख्ने विषय नबालेको उल्लेख गर्दे लुम्बिनीमा कानुन निर्माण गरेर काम गरिएको बताए । उनले केन्द्र सरकारबाट परिपत्र गर्न आवश्यक नरहेको समेत त्यसक्रममा बताए ।

उनले प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशको कानुनले प्रदेशका मन्त्रीहरू २ वटा स्वकीय राख्न सक्ने कानुन निर्माण गरेको तर सङ्घले पठाएको परिपत्रमा प्रदेशका मन्त्रीले ३ वटा स्वकीय राख्ने सम्म उल्लेख गरेर पठाउँदा समस्या उत्पन्न भएको बताए ।

उनले सङ्घीय सरकारले ५ बर्से सुशासनको  रणनीति बनाएर काम गरिरहेको उल्लेख गर्दै सङ्घीय सरकारले भन्दा पहिला नै प्रदेशका पूर्व विशिष्टहरूको सेवा सुविधा कटौती गरिएको प्रस्ट्याए ।

उनले प्रदेशका पूर्व विशिष्टहरूको गाडी तथा अन्य सेवा सुविधा कटौती गर्ने,५ लाख भन्दा धेरै रकमको टेन्डर आह्वानबाट काम गराउने  नीति प्रदेश सरकारबाट भइरहेको प्रधानमन्त्री कार्कीसमक्ष  जानकारी गराए ।

उनले उद्योगीहरूको विद्युत् लाइन काट्दा मजदुरहरूको रोजीरोटी गुम्ने र उद्योगीहरू हतोत्साहित हुँदै लगानीको वातावरण नबन्ने विषयमा पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराए ।

उनले प्रदेश सरकार सङ्घको युनिट नभएर आफै स्वायत्त रहेको समेत बताए । उनले सङ्घ सरकारले दिने अनुदानको आधारमा प्रदेशमा ठेक्का लगाएको उल्लेख गर्दै उक्त रकम रोक्न नमिल्ने समेत बताए । त्यसअवसरमा प्रधानमन्त्री कार्कीले सङ्घ सरकारबाट भएको परिपत्रलाई सच्याइने बताइन् ।

सम्बन्धित् समाचार