गृहपृष्ठ Featured भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु

भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु

बुटवल ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका- १२ भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।

जिल्ला ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहीबार बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको हालसम्म परिचय भने खुलेको छैन ।

जन्ती लिएर आएको मधेस प्रदेश ०३–००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो ।

घटना लगत्तै घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार