तस्बिर : एजेन्सी
काठमाण्डौ – दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे लाङले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले विज्ञप्तिमार्फत् पेस बलर डे लाङलाई अनुबन्ध गरेको जनाएको छ ।
३५ वर्षीय डे लाङले एक सय ५५ टी–२० खेलमा एक सय ७४ विकेट लिएका छन् । उनी गएको सिजन चितवन राइनोजका लागि अनुबन्ध भए पनि चोटका कारण गुमाएका थिए । डे लाङले आईपीएलसहित विभिन्न फ्रेन्चाइज लिगहरू खेलेका छन् ।
विराटनगरले यसअघि दक्षिण अफ्रिकाकै ब्याटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो । उनीसहित विदेशी खेलाडी स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट र न्युजिल्यान्डका मार्टिन गुप्टिललाई पनि अनुबन्ध गरेको छ । एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि शुरु हुँदैछ ।









