फाइल फाेटाे
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे लाइटमा प्राविधिक गडबडी आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर हिजो बेलुका साढे ५ बजेदेखि अवरुद्ध विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको हो ।
विमानस्थलमा आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका थिए । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको थियो ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुले असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन हुन थालेका महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।









