काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।
यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।
समानुपातिक निर्वाचन तर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुनेछ ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पुस १५ गते हुनेछ ।
समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पुस १८ र १९ गते हुनेछ ।
यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्नेछ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते गर्ने भनिएको छ ।
संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ स्थापना र संचालन माघ २ गते देखि फागुन ३० गते सम्म गर्ने प्रारम्भिक कार्यतालिका छ ।
निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गते सम्म अर्थात् १५ दिन दिने तयारी छ ।
मतपत्र ढुवानी गरि जिल्ला जिल्लामा पुर्याउने फागुन १२ गते भित्र गर्ने, प्रचार प्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि हुनेछ ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।









