घनश्याम भर
विजयनगर ( कपिलवस्तु) २४ कार्तिक ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ पत्थरदेइयामा अवस्थित पत्थरदेइया स्वास्थ्य चाैेकीकाे भवन बन्ने भएको छ । भारतीय दूतावासकाे सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माणका हुन लागेकाे हाे ।
२ करोड ३० लाख रुपैयाँकाे लागतमा स्वास्थ्य चाैकी निर्माण हुन लागेकाे गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले जानकारी दिए । उनलेे साेमबार सम्झौता-पत्रमा हस्ताक्षर गरिएको बताउँदै गाउँपालिकाकाे अथक प्रयासबाट स्वास्थ्य चाैकी भवन निर्माणका लागि बजेट सुनिश्चित भएको बताए ।
अध्यक्ष थापाले संघीय मामिला मन्त्रालयमा साेमबार सम्पन्न कार्यक्रममा भवन निर्माणका लागि सम्झाैता गरिएको बताए । भवन निर्माण पश्चात् नागरिकलाई स्वास्थ सेवा प्रदान गर्न सहज हुने बताए ।
उनले भने, “हामी सबैको सामूहिक प्रयासले मात्र यो योजना सफल भएको हाे । पत्थरदेइया स्वास्थ्य चौकीले समुचित स्वास्थ्य सेवा प्रदान गर्नेछ । जसले स्थानीय बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउनेछ।”
जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएकोमा भवन निर्माणका लागि बजेट सुनिश्चित भएपछि स्थानीय नागरिक खुसी भएका छन् । यस सम्झौताले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्तसमेत गरेका छन् ।









