गृहपृष्ठ Featured नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

२४ कात्तिक, काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिंदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।

सम्बन्धित् समाचार