गृहपृष्ठ Featured बिहार चुनाव: अन्तिम चरणको मतदान सुरु

बिहार चुनाव: अन्तिम चरणको मतदान सुरु

भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज (मंगलबार) दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आजको मतदान बिहार राज्यका २४३ विधानसभा सिटमध्ये १२२ सिटका लागि हो।

बाँकी १२१ सिटका लागि यसअघि नोभेम्बर ६ मा पहिलो चरणको मतदान भइसकेको छ। जसमा कीर्तिमानी ६४.६६ प्रतिशत मतदान भएको थियो।

आज बिहारमा ६ राज्य र १ केन्द्र शासित प्रदेशका ८ विधानसभा सिटका लागि उपचुनाव पनि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जम्मु-कश्मीरको बडगाम र नगरोटा, राजस्थानको अन्ता, झारखण्डको घाटशीला, तेलङ्गानाको जुबली हिल्स, पन्जाबको तरनतारन, मिजोरमको डम्पा र ओडिसाको नुआपाडामा मतदान भइरहेको छ।

सम्बन्धित् समाचार