गृहपृष्ठ Featured एकैदिन चार हजार नौ सयले बढ्यो सुनको मूल्य

एकैदिन चार हजार नौ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा चार हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तीन हजार १७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सम्बन्धित् समाचार