गृहपृष्ठ Featured वडा, पालिका तहसम्म एमाले युवा संघले युथ फोर्स गठन गर्ने

वडा, पालिका तहसम्म एमाले युवा संघले युथ फोर्स गठन गर्ने

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ।

कात्तिक २३ र २४ गते बसेको संगठनको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको संगठनले सर्कुलरमार्फत् बताएको छ।

‘संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमहरूलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन, आन्दोलनको चरित्र र विदेशी षड्यन्त्रको पर्दाफास गर्न र आम रूपमा समाजको सुरक्षाको सुनिश्चितता गर्न यो बैठक युवा जागरण अभियान सञ्चालन गर्ने निर्णय गर्दछ। यस अभियानअन्तर्गत् टोल–टोलमा टोल सुरक्षा समितिहरू बनाउने, वडा, पालिका र प्रदेश स्तरीय युथ फोर्स गठन गर्ने निर्देशित गर्दछ,’ सर्कुलरमा भनिएको छ।

यस अभियानको संयोजन गर्ने जिम्मेवारी संगठनका उपाध्यक्ष महाराज गुरूङलाई दिने निर्णय गर्नेको सर्कुलरमा उल्लेख छ।

 

सम्बन्धित् समाचार