गृहपृष्ठ Featured एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी

एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने विश्वास व्यक्त गरे ।

उनले नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए ।

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।

सम्बन्धित् समाचार