गृहपृष्ठ Featured बोइङले दुर्घटनामा ज्यान गुमाएकी एक यात्रीको परिवारलाई साढे ३ करोडभन्दा धेरै क्षतिपूर्ति दिने

बोइङले दुर्घटनामा ज्यान गुमाएकी एक यात्रीको परिवारलाई साढे ३ करोडभन्दा धेरै क्षतिपूर्ति दिने

अमेरिकाको सङ्घीय अदालतले विमान दुर्घटनामा मारिएकी एक यात्रीको परिवारलाई २ करोड ८० लाख डलरभन्दा धेरै क्षतिपूर्ति तिर्न बोइङलाई आदेश दिएको छ ।

सन् २०१९ मा इथियोपियामा भएको ७३७ म्याक्स जेट दुर्घटनामा मारिएकी शिखा गर्गको परिवारले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै अदालतले क्षतिपूर्ति तिर्न बोइङलाई आदेश दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार बोइङ र गर्ग परिवारबीच क्षतिपूर्ति रकम र २६ प्रतिशत ब्याजसहित बोइङले कुल ३ करोड ५८ लाख ५० हजार डलर दिने सहमति भएको छ । बोइङले फैसलामा पुनरावेदन गर्ने छैन ।

विमान दुर्घटनामा ज्यान गुमाउँदा गर्ग ३२ वर्षकी हुनुहुन्थ्यो । उहाँकाे परिवारले ७३७ म्याक्स विमान त्रुटिपूर्ण रूपमा डिजाइन गरिएको र बोइङले यात्रुहरूलाई यसको खतराहरूबारे चेतावनी दिन असफल भएको आरोप लगाएका थिए । अदालतले त्यही आरोप पुष्टि गर्दै क्षतिपूर्ति दिन भनेको हो ।

सन् २०१९ मा इथियोपियामा भएको ७३७ म्याक्स जेट दुर्घटना र त्यसअघि सन् २०१८ मा इन्डोनेशियामा भएको त्यही मोडेलको अर्को विमान दुर्घटनामा एक स्वचालित उडान नियन्त्रण प्रणालीको भूमिका रहेको थियो ।

गर्गका परिवारले दुवै घटनाका कारकलाई उद्धृत गर्दै मुद्दा दायर गरेका हुन् ।

सम्बन्धित् समाचार