गृहपृष्ठ Featured लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आह्वान गरे हिउँदे अधिवेशन

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आह्वान गरे हिउँदे अधिवेशन

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मंसिर ८ गते प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गरेका छन्।

प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णय अनुरूप मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन सिफारिस गरेका थिए। सोही अनुरूप प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (१०) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरू हुने गरी प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले जानकारी दिए।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै दर्ता भइसकेका छन्।

त्यस्तै दलित अधिकारसम्बन्धी विधेयक र थारूहरूको बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ। विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता गर्ने तयारीमा छन्। ती सबै  हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन्। लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य गरिएको थियो।

सम्बन्धित् समाचार