गृहपृष्ठ Featured अस्पताल जाँदै गरेको कार दुर्घटना : अर्घाखाँचीका पौडेलको मृत्यु, छोरा घाइते

अस्पताल जाँदै गरेको कार दुर्घटना : अर्घाखाँचीका पौडेलको मृत्यु, छोरा घाइते

रुपन्देही ।

उपचारका लागि सोमबार अस्पताल जाँदै गर्दा भएको कार दुर्घटनामा बिरामी बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रित भई दुर्घटना भएको थियो । सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खसेको कारमा सवार ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका छोरा कार चालक हरिशचन्द्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार घाइतेको अवस्था सामान्य छ । पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

कारमा बाबु-छोरा मात्र सवार थिए । अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ माझागाउँका मृतक पौडेल गाउँपञ्चायतको पूर्वप्रधानपञ्च तथा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन् ।

सम्बन्धित् समाचार