कर्णाली याक्ससँगको प्रतिस्पर्धात्मक खेलमा चितवन राइनोज विजयी भएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो।
योसँगै चितवनले अघिल्लो सिजनमा कर्णालीसँग भोगेको दुई हारको बदला पनि लिएको छ। कर्णालीले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको चितवनले पाँच बल बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गरेको हो।









