गृहपृष्ठ Featured सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने

सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने

नेकपा एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने भएको छ। मंगलबार बसेको विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

‘सबै सांसदको हस्ताक्षर लिएर अदालत जाने निर्णय गरेका छौँ,’ एक नेताले नेपालखबरसँग भने, ‘सडकमा पनि प्रदर्शन हुन्छ।’

ललितपुरको च्यासलमा बसेको बैठमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी अदालत जाने स्पष्ट घोषणा गरेका थिए। प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव नभएको समेत उनले जिकिर गरेका थिए।

‘हामी दुईवटा कदम चाल्दै अघि बढ्नेछौँ,’ बैठकमा ओलीको भनाइ थियो, ‘पहिलो, यस निर्णयलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ। दोस्रो, यसको संवैधानिक परीक्षण अनिवार्य छ भन्ने हाम्रो ठहर छ। प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव छैन।’

सम्बन्धित् समाचार