वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलबस्तु कारागार कार्यालयमा थुनामा रहेका बैंकिङ कसुर मुद्दाका बन्दी जिल्ला रुपन्देही, कंचन गाउँपालिका–१ बस्ने ४४ वर्षीय तुल बहादुर पुन कारागारबाट फरार भएको केही दिनमै पुनः पक्राउ परेका छन्।
भदौ २३ र २४ गते जेन्जीको आन्दोलनको क्रममा कारागार कार्यालयबाट भागी फरार भएका पुन कारागारको वडाअन्तर्गत लुकिछिपी बसेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा उनकै घर रुपन्देही जिल्लाको कञ्चन गाउपालिकामा फेला पारी प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका पुनलाई आवश्यक कारबाहीको लागि कारागार कार्यालय भैरहवा, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।








