प्रारम्भिक विवरण अनुसार कपिलवस्तुमा साढे१४ हजार बढी मतदाता थपिएका छन ।
कपिलवस्तुमा असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म ७,२८६ जनाले मतदाता नामावलीमा प्रत्यक्ष रुपमा आफ्नो नामावली दर्ता गराएका छन्।
यस्तै राष्ट्रिय परिचयका आधारमा मङ्सिर ४ गतेसम्म ७ हजार ३७७ जनाले मतदाता नामावलीमा आफ्नो विवरण थप गरेका छन्। यसैगरी अन्य जिल्लाका ५८ जनाले यस जिल्लामा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमल भुसाल अनुसार सम्पूर्ण विवरण एक दुई दिन भित्र आउने बताउनुभयो।








