बिष्णु गैरे, बाणगंगा
नेपालमै पहिलो पटक महोत्सवमा स्नो सिटि राखीने भएको छ । नेपालमा लाग्ने ३ सय बढि मेला महोत्सवमा मध्ये १६ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक स्नो सिटि राखीने भएकोे आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए ।
हिउनै परेको झल्को दिने गरी महोत्सव स्थलभित्र पहिलो पटक स्नो सिटि राख्न लागीएको बताउदै आयोजक बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले यसले महोत्सवलाई नयापन दिने बिश्वास लिएको बताए ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर १८ गतेदेखि पुस १ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा स्थित चार नम्बर जिचपुरमा बुद्धरगंशालामा १६ औ कपिलवस्तु महोत्सव हुदैँछ ।








