काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २-२ तथा सन्तोष यादवले एक विकेट लिए ।
जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।
काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।







