गृहपृष्ठ Featured बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको  मृत्यु भएको छ । चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– ११ विजयनगरकी  ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हाे ।

घरनजिक रहेको  काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाकाे आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका– ११ का वडाध्यक्ष विजकुमार चौधरीले बताए ।

उनले भने, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु भएको छ।’  मृतकको साथमा गएका  ३१ वर्षीया इन्दिरा थारू र २९ वर्षीया मनीषा दहित  चितुवालाई  देखेर भाग्ने क्रममा घाइते भएका  छन्।

घाइतेलाई स्वास्थ्य उपचारका लागि बारबर्दिया नगरपालिका– ६ जयनगरमा रहेको  नगर अस्पताल जयनगर पठाइएको छ । बर्दियामा पछिल्लो  समय सामुदायिक वनमा चितुवाको आक्रमण बढ्दै गएको छ ।

सम्बन्धित् समाचार