गृहपृष्ठ Featured सेमिफाइनलमा मलेसियासँग खेल्दै नेपाल

सेमिफाइनलमा मलेसियासँग खेल्दै नेपाल

काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज  मलेसियासँग खेल्दै छ ।

खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदै छ ।

-रासस

सम्बन्धित् समाचार