चेल्सीले र आर्सनलले इङ्लिस प्रिमियर लिगमा १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजासँगै १३ खेलमा २४ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । आर्सनल समान खेलबाट १९ अंकका साथ शीर्ष स्थानमा छ ।
आइतबार स्ट्याफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीका लागि ट्रेभोह चालोबाले गोल गरे । आर्सनलका लागि मिकेल मोरिनोले गोल फर्काए ।
खेलको ३८औँ मिनेटमा मोइसिस काइसेडोले रातो कार्ड ब्यहोर्दै मैदान छोडेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । ४८औँ मिनेटमा चालोबाले गोल गर्दै चेल्सीलाई अग्रतामा ल्याएका थिए ।
मोरिनाले ५९औँ मिनेटमा आर्सनललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
आइबार नै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले उल्भरह्याम्पटनलाई १–०, ब्राइटनले नटिङघम फरेस्ट तथा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरे ।






