गृहपृष्ठ Featured कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाण्डाैमा हुने

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाण्डाैमा हुने

फाइल तस्वीर

काठमाण्डाै – नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदाे पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डाैमा हुने भएको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले १५औ‌ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो ।

कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सातवटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ ।

कांग्रेसले आउँदाे महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरूको गठन गर्ने पनि निर्णय भएकाे प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

सम्बन्धित् समाचार