गृहपृष्ठ Featured केपी ओलीको ट्याटु खोपेका उज्ज्वल एमालेको महाधिवेशन प्रतिनिधि चुनिए

केपी ओलीको ट्याटु खोपेका उज्ज्वल एमालेको महाधिवेशन प्रतिनिधि चुनिए

सर्लाही ।

ढाडमा केपी ओलीको ट्याटु खोपेका सर्लाहीका युवा उज्ज्वलकुमार कार्की एमालेको महाधिवेशनमा प्रतिनिधि छनोट भएका छन् । ढाडको टाटुकै कारणले उनको प्रतिनिधि बन्न योग्यता पुगेको भने अवश्य होइन ।

एमालेको ११ औं महाधिवेशनका निम्ति सर्लाही १ मा पेचिलो प्रतिस्पर्धा थियो । पार्टीभित्रको अन्तरसंघर्षमा कार्की खासै बलिया थिएनन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले उनको पक्षमा जोडबल गरेकी थिइन् । कार्कीलाई प्रतिनिधि बनाउने कि नबनाउने भन्ने विवादले एक दिनको समय नै लम्बिएको थियो । अन्ततः उनको नाममा सहमति जुटेको हो ।

अनेरास्ववियुको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्की केपी ओलीका ‘अन्धभक्त’ हुन् ।

उनी भन्छन्, ‘विद्यमान संकटको निकास र मुलुकको अग्रगामी हितका निम्ति आजको एमालेमा ओली निर्विकल्प छन् ।’

कार्कीले २०७२ सालको नाकाबन्दीका समयमा ओलीले लिएको राष्ट्रियताको अडानबाट प्रभावित भएर ट्याटु खोपेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी एमालेकै तर्फबाट लालबन्दी नगरपालिका- ८ को वडाध्यक्ष निर्वाचित भएका थिए । एक कार्यकाल जनप्रतिनिधि भएका उनले त्यसपछि सोही पदमा दोहोरिन रुचि राखेनन् ।

सम्बन्धित् समाचार