गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभाको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेशसभाको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

१६ मंसिर, तुलसीपुर (दाङ) ।

लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ ।

नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो । समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन हुनुभएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनको शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् ।

सम्बन्धित् समाचार