गृहपृष्ठ Featured दाङको लमहीमा गोली लागेर सुनचाँदी व्यवसायी घाइते

दाङको लमहीमा गोली लागेर सुनचाँदी व्यवसायी घाइते

दाङ। 

दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते हुनुभएको छ ।

लुटपाट प्रयास गर्ने क्रममा गोली चलाउँदा सुनार घाइते भएको लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते सुनारको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा घेरामा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । दिउसै गोली चलेपछि स्थानीयहरु त्रसित भएका छन् ।

अज्ञात व्यक्तिबाट चलाइएको गोलीपछि स्थानीय व्यापारीहरूले बजारमा असुरक्षित भएको स्थानीय व्यापारी गणेश घिमिरले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार