गृहपृष्ठ Featured व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन

काठमाडौँ — सहकारी संघसंस्थालाई व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारी विभागले निर्देशन जारी गरेको छ । संस्थाको कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृत्ति बढेको आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो । आयकर ऐन २०५८ र सम्पत्ति शुद्धीकरणसम्बन्धी यसअघिको निर्देशनका आधारमा निर्देशन जारी गरिएको विभागले जनाएको छ ।

 

सहकारीका कुनै सदस्यले व्यावसायिक कारोबारबापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइए त्यस्तो कारोबार वित्तीय जानकारी इकाइमा पठाउन पनि विभागले भनेको छ ।

मुख्यगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली र आयकर ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि सहकारी संघसंस्थालाई व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार उमेश ढुंगानाले बताए । ‘उजुरी र गुनासोका आधारमा भन्दा पनि अहिले मुख्य गरी ऐन र नियमावलीको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरिएको हो,’ उनले भने ।

सम्बन्धित् समाचार