काठमाडौं : साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्।
दशरथ रंगशालामामा हुने पहिलो खेलमा श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेड र भारतको इस्ट बंगालबीच खेल हुनेछ। श्रीलकाको क्लब युनाइटेडको यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानको कराची सिटीसँग एक एकको बराबरी खेलेको युनाइटेडलाई जित्नै पर्ने दबाब छ। साबिक विजेता बंगालको भने यो पहिलो खेल हो।
आजै हुने दास्रो खेलमा पाकिस्तानको कराची सिटी र बंगलादेशको नसरिन स्पोट्स क्लबबीच खेल हुनेछ। यी दुईबीच दशरथ रंगशालामा नै साँझ ६ बजे सुरु हुनेछ। नसरिस नेपालको आर्म पुलिस फोर्स (एपीएफ)सँग ४–० ले पराजित भएको छ भने कराचीको एक अंक रहेको छ।
नेपाली टोली आर्म पुलिस फोर्सको भने खेल आगामी बिहीबार श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेडसँग हुनेछ। आफ्नो पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्सलाई ४–० ले हराएको छ। दक्षिण एसियाका पाँच टोली सहभागी प्रतियोगिताको एपीएफ चार अंकका साथ शीर्ष स्थानमा रहेको छ।
च्याम्पियनसिपका खेल राउन्ड रोबिन आधारमा हुनेछन्। लिग चरणमा शीर्ष र दोस्रो स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
उपाधि जित्ने टिमले १० हजार डलर नगद पुरस्कार पाउनेछ।








