डोमोनिक स्जोबोसजलाईको गोल निर्णायक बन्दा लिभरपुलले युईएफए च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ ।
सान सिएरोमा स्जोबोसजलाईले पाहुना टोली लिभरपुललाई जित दिलाउन ८८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितसँगै ६ खेलमा १२ अंक जोडेको लिभरपुल आठौँ स्थानमा छ । पराजित इन्टर समान खेलबाट समान अंकका साथ पाँचौँ स्थानमा छ ।
मंगलबारै सम्पन्न अन्य खेलमा मोनाकोले गालातासारे र ओलिम्पियोकसले काइरातलाई १–०, बायर्न म्युनिखले स्पोर्टिङलाई ३–१, मर्सेले रोयल युनियन सेन्ट गिलोइस र एट्लेटिको मड्रिडले पीएसभीलाई ३–२, बार्सिलोनाले फ्याङ्फर्ट तथा एटलान्टाले चेल्सीलाई २–१ तथा टोटनहमले साल्भिया प्रागलाई ३–० ले पराजित गरे ।








