गृहपृष्ठ Featured अन्तत: रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही आउने

अन्तत: रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही आउने

अन्तत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही आउने भएका छन्।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार रिहाइका लागि कानुनी प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत आउन लागेका हुन्।

त्यसका लागि सिधै भैरहवा जान भनेर उनी आज बिहान ८ बजेअघि नै काठमाडौँस्थित त्रिभुवन विमानस्थल पुगेका थिए।

तर भैरहवा विमानस्थल नै नखुलेका कारण अब लामिछाने काठमाडौँबाट चितवनसम्म हवाईजहाजमा र त्यहाँबाट गाडीमा रुपन्देही जाने उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए।

सम्बन्धित् समाचार