गृहपृष्ठ Featured धरौटीमा रिहा भएपछि रवि लामिछानेको पहिलो कार्यक्रम चितवनमा

धरौटीमा रिहा भएपछि रवि लामिछानेको पहिलो कार्यक्रम चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार सार्वजनिक कार्यक्रममा देखिने भएका छन्। शनिबार बिहान ११ बजे चितवनको भरतपुरस्थिति चौबीसकोठीमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ।

लामिछाने शनिबार ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका थिए।

चितवनमा छोटो कार्यक्रमपछि उनी अपराह्न १:५० बजे काठमाडौं आउने र जेनजी आन्दोलनका शहिदका परिवार र घाइतेलाई भेट्नेछन्।

वनस्थलीस्थित पार्टी कार्यालयमा भने लामिछाने आइतबार स्वागत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

सम्बन्धित् समाचार