गृहपृष्ठ Featured ओली र देउवाबीच भेटवार्ता

ओली र देउवाबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।  ओलीले देउवासँगको भेटमा यसपटक महासचिव शंकर पोखरेललाई साथै राखेका छन्।

अघिल्लो पटक श्रीमती राधिका शाक्यलाई लिएर महाराजगञ्ज पुगेका ओली यसपटक भने राजनीतिक सन्देश दिने गरी महासचिवलाई पनि साथम राखेका छन्।

मंसिर २७–पुस २ सम्म भएको एघारौँ महाधिवेशनबाट ओली अध्यक्ष र पोखरेल महासचिव निर्वाचित भएका छन्।

महाधिवेशनपछि उनीहरूबीच भएको यो पहिलो भेटवार्ता हो।

एमालेले संसद पुनर्स्थापनाका लागि पहल गरिरहेको छ। संसद पुनर्स्थापनाका लागि एमालेले सर्वोच्च अदालत गुहारेको छ भने दुवै दलका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन्।

तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान नदिने अडान लिएका छन्।

सम्बन्धित् समाचार